सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथि छलफल सुरु
पढ्न लाग्ने समय :
धनगढी : सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रदेश सभामा छलफल सुरु भएको छ ।
आज बसेको सभाको बैठकमा प्रदेश सरकारको बजेटमाथि सामान्य छलफल सुरु भएको हो । छलफलमा भाग लिदैं सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यले बजेटको आलोचना गरेका छन। सरकारले बजेट सच्याउनु पर्ने उनीहरुको सुझाव थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलको नेता खगराज भट्टले सरकारले ल्याएको बजेट मध्यरातमा अँध्यारो कोठामा बसेर सेटिङ गरिएका बेथितिपूर्ण योजनाहरुको विकृत पुलिन्दा रहेको जिकिर गरेका छन।
सत्ता साझेदार दल नेकपा ९एमाले० का प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेटमा झोले, झिम्टे, चिम्टे र बिचौलिया विधाको प्रभाव रहेको बताए।
त्यस्तै, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् निवर्तमान आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले सरकारले प्रस्तुत गरेको बजेटप्रति समर्थन जनाउँदै बजेटमा केही त्रुटिहरु भएको बताए।
छलफलको क्रममा उठेको विषयमा जवाफ दिदै आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले अर्थमन्त्रीको हैसियतले बजेटको जिम्मा आफूले लिने भन्दै यसलाई अझ राम्रो बनाउन सबैसँग छलफल गर्न सकिने बताए ।