कैलालीको धुर्जना गाउँमा अस्थायी प्रहरी चौकी स्थापनाको माग, असुरक्षा बढ्दा नागरिक त्रसित

Thursday July 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धुर्जना गाउँमा अस्थायी प्रहरी चौकी स्थापनाको माग गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१७ स्थित धुर्जन्नामा बढ्दो असुरक्षा र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न अस्थायी प्रहरी चौकी स्थापना गर्न माग गरिएको हो।

धनगढी बजार क्षेत्रबाट करिब १८/२० किलोमिटर पूर्वमा पर्ने धुर्जन्ना क्षेत्र तनुज चौधरी हत्या घटनापछि थप त्रासमा परेको भन्दै स्थानीयले प्रहरी उपस्थितिको अनुरोध गरेका हुन्।

गत असार १२ गते १० वर्षीय बालक तनुज चौधरीको कानमा लगाएको सुनको मुन्द्रा लुट्ने क्रममा हत्या भएपछि स्थानीयमा सुरक्षा चिन्ता झन् बढेको छ। त्यसयता धुर्जन्ना, गोदावरी नगरपालिका-९ र गौरीगंगा नगरपालिका–६ जोडिने क्षेत्रमा स्थायी सुरक्षा व्यवस्था आवश्यक रहेको आवाज उठ्दै आएको छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा प्रहरी चौकी नहुँदा चोरी, लुटपाट, लागूऔषध कारोबारलगायत आपराधिक गतिविधिको जोखिम बढ्दै गएको छ। कुनै घटना भए प्रहरी पुग्न ढिलो हुने भएकाले सर्वसाधारण असुरक्षित महसुस गर्दै आएका छन्।

वडा कार्यालयले स्थानीयको मागलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीलाई अस्थायी प्रहरी चौकी स्थापनाका लागि औपचारिक सिफारिस गरेको छ। वडा नम्बर १७ का वडा अध्यक्ष माधव रानाले स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी बिट स्थापनाको प्रक्रिया अघि बढाइएको बताए। सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि उपयुक्त स्थान छनोट गरी अस्थायी प्रहरी चौकी स्थापना गरिने उनले जानकारी दिए।


भर्खर

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।

नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, बिरामी डिस्चार्ज गर्न थालियो

वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिट, प्रशासनिक दुर्व्यवहार

डाक्टरहरूको आन्दोलनका कारण देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

नेपाल चिकित्सक संघको आह्वानमा आज मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द