‘सुदूरपश्चिम स्पोट्र्स अवार्ड’लाई एसपिएको लगातार चौथो वर्ष साथ

Monday June 29, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले यही असार १९ गते आयोजना गर्न लागेको सातौँ संस्करणको ‘सुदूरपश्चिम स्पोट्र्स अवार्ड’ को मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले गर्ने भएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा एकेडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै अवार्डको नाम ‘एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड’ रहने अध्यक्ष पाठकले जानकारी दिए ।
एसपिएले अवार्डलाई लगातार चौथो वर्ष मुख्य प्रायोजकका रूपमा साथ दिएको हो । यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ ।
सातौँ संस्करणको अवार्डमार्फत वर्ष २०८२/०८३ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई आठ विधामा अवार्ड प्रदान गरिने छ ।


भर्खर

चिकित्सकमाथिको हिंसाविरुद्ध, नेपाल चिकित्सक संघको प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र ,इमर्जेन्सी बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग