धनगढीमा १० वर्षीय बालकको हत्या

Saturday June 27, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविरका निमेश चौधरी र राधा चौधरीका १० वर्षीय तनुज चौधरी हत्या गरेको अवस्थामा शुक्रबार स्थानीय जंगलमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयकाअनुसार चौधरी प्रहरी र स्थानीयले खोज्न क्रममा जंगलमा मृत भेटिएका हुन्। उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको छ । उनको शव भेटिएको स्थानमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएका छन्। बालकको शव आधा सडेको अवस्थामा रहेको छ।
प्रहरीले बालक मृत भेटिएको घटनाको अनुुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सिल गरेर घटनास्थल कार्य गरिरहेको छ । मृतक चौधरी उर्मा बोर्डिङ स्कुलमा दुई कक्षामा अध्ययन गदर्थे।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी