भारतीय प्लास्टिक आयातमा कडाइ गर्न फूल व्यवसायीको माग

Wednesday June 24, 2026

पढ्न लाग्ने समय :


धनगढी :  कैलालीका फूल व्यवसायी तथा किसानहरूले भन्सार नाकामार्फत भारतबाट भित्रिने प्लास्टिकका फूलको आयातमा कडाइ गर्न माग गरेका छन्।
बुधबार कैलाली भन्सार कार्यालयका प्रमुखलाई भेटेर उनीहरूले सरकारले प्रतिबन्ध लगाएका प्लास्टिकका फूलहरू लुकीछिपी भित्रिने क्रम नरोकिएको भन्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्।
पुष्प व्यवसायी संघ कैलालीका अध्यक्ष शङ्कर सिंह विष्टले सरकारले प्लास्टिकका फूलमा प्रतिबन्ध लगाएपछि आफूहरू प्राकृतिक फूल उत्पादन र व्यवसायमा लागेको बताए। तर पछिल्लो समय भारतीय प्लास्टिकका फूल बजारमा व्यापक रूपमा उपलब्ध हुन थालेपछि स्वदेशी पुष्प व्यवसाय संकटमा परेको उनको भनाइ छ।
उनले भन्सार नाकाबाट विशेषगरी बिहान र साँझको समयमा प्लास्टिकका साथै प्राकृतिक फूलसमेत आयात हुने गरेको उल्लेख गर्दै प्रतिबन्धित सामग्रीको आयात रोक्न भन्सार कार्यालयलाई कडा निगरानी र नियन्त्रण गर्न आग्रह गरिएको बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।