पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, पश्चिम तराईमा भने अझै तातो लहर

Tuesday June 23, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेपालको पूर्वी तथा मध्य भूभागमा मनसुनी वायुको प्रभाव क्रमशः बलियो बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ। देशका बाँकी पश्चिमी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम छ।

यतिबेला कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली ९बादल लाग्ने० रहेको छ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ। अहिले कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्र र कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश, बागमती र गण्डकीको तराईमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। यस्तै कोशीको तराईका थोरै स्थान र मधेश, बागमती तथा गण्डकीको तराईका एक–दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ। मनसुन नपुगेका लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानहरूमा आज पनि अत्यधिक गर्मी र तातो लहर ९लु० चल्नेछ भने बागमती र गण्डकीका तराई क्षेत्रमा पनि दिनभर तातो हावा चल्ने सम्भावना छ।
राति कोशी, बागमती र गण्डकीको पहाडी तथा हिमाली भूभाग र कोशीको तराईमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश, बागमती र गण्डकीको तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने पश्चिमी तराईमा मौसम सफा रहनेछ।
राति कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकीका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशीको तराई र मधेश प्रदेशको तराईका एक–दुई स्थानमा पनि राति पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वर्षा र तातो लहर दुवैको प्रभाव रहने भएकाले मौसम अनुसार आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


भर्खर

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु, अर्को सूचना नभएसम्म लागू हुने

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो

सुनसरी झडप अपडेट: उपचाररत थप एक युवकको मृत्यु, मृतक संख्या दुई पुग्यो

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार राति भएको झडपमा गोली लागेर घाइते भएका थप एक

सुनसरी गोलीकाण्डबारे राप्रपाप्रमुख सचेतक खुस्बु ओलीको प्रश्न:‘गोली चलाउने आदेश कसले दियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग स्पष्ट जवाफ माग