धनगढीको बजेट २ अर्ब ६४ करोड

Sunday June 21, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेको छ। उपमहानगरपालिकाले २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
आइतवार बसेको नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले बजेट प्रस्तुत गर्दै चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।

बजेटका स्रोतहरूमा आन्तरिक आयबाट ५५ करोड १० लाख, राजस्व बाँडफाँडबाट ६० करोड ४५ लाख ३६ हजार २०६, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ६ करोड ७९ लाख ७ हजार, प्रदेश सरकारबाट १४ करोड २२ लाख ७ हजार तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
उपप्रमुख रानाका अनुसार आर्थिक वर्ष २०८१र८२ मा विनियोजित २ अर्ब १६ करोड २९ लाखमध्ये १ अर्ब ६४ करोड ३५ लाख ८४ हजार खर्च भएको थियो। चालु आर्थिक वर्ष २०८२र८३ मा अनुमानित २ अर्ब ५६ करोड ४ लाख ६६ हजार बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब ७७ करोड ४९ लाख ५१ हजार १४३ रुपैयाँ प्राप्त भई १ अर्ब १९ करोड ९४ लाख ६५ हजार ७४२ रुपैयाँ खर्च भएको उनले बताइन्।
आगामी वर्षका लागि वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण, ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक शिक्षा, नगर गौरवका आयोजना सञ्चालन, दीगो तथा वातावरणमैत्री पूर्वाधार विकास, सिप तथा रोजगार मेला, सडक बत्ती व्यवस्थासँगै मध्यकालीन बजार र रात्रीकालीन पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।
यस्तै, समुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम, आमा बचाउ कार्यक्रम, ग्रासरुट लेभल फुटवल र क्रिकेट विकास कार्यक्रम, सामुदयिक विद्यालयका शुक्रबारीय सिप विकास कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ।
उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रम, हाम्रो धनगढी, सफा धनगढी अभियान, हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ अभियान, उज्यालो धनगढी अभियानलाई निरन्तरता दिने भएको छ।
यसैगरी, विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रम, जहाँ खाली, त्यहाँ हरियाली कार्यक्रम, हर घडी, नगर प्रहरी अभियानलाई उपमहानगरपालिकाले निरन्तरता दिने भएको छ। आगमी आर्थिक वर्षदेखि हाल फूलवारी(धनगढी(अत्तरिया रुटमा सञ्चालनमा रहेको नगर बस सेवा विस्तार हुने भएको छ। उपमहानगरपालिकाले धनगढी(कनरी(रामपुर( चौमाला, धनगढी(पथरी(बनबेहडा र धनगढी(बेली(जुगेडा(घूईयाँघाट(बंगरा र धनगढी(घोडसुवा(स्याउले रूटमा नगर बस सेवा विस्तार गर्ने भएको छ।
बजेट प्रस्तुत गर्नुअघि आजै बसेको नगरसभाको १५ औं अधिवेशनमा उपप्रमुख रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेकी थिइन्।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको