बाजुरामा बस दुर्घटना

Sunday June 21, 2026

पढ्न लाग्ने समय :


धनगढीः बाजुरामा बस दुर्घटना भएको छ।

जिल्लाको बुढीगंगा नगरपालिका-१० को रिठा बजार नजिकै आज बिहान ७ः२० बजे बसपवनदूत यातायातको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो।
दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको जानकारी दिए। उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ। बसमा ३५ जना सवार रहेको एसपी कार्कीले बताए। बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


भर्खर

आज साउन १५ : खीर खाने दिन

आज साउन १५ गते देशभर परम्पराअनुसार खीर खाएर मनाइँदै छ। वर्षायाममा पर्ने साउन १५ मा

विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा

मधेसमा फैलिएको तनावप्रति गगन थापाको चिन्ता, स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्जबाट सुरु भएको हिंसात्मक घटनापछि पर्सा, धनुषा, सिरहालगायत मधेसका