धनगढीमा वर्षाको कामनासहित भ्यागुताको विवाह

Saturday June 20, 2026

पढ्न लाग्ने समय :


धनगढीः अत्यधिक गर्मी बढ्दै गएको र लामो समयदेखि पर्याप्त वर्षा नभएको अवस्थामा पानी परोस् भन्ने कामनासहित धनगढीमा भ्यागुताको विवाह सम्पन्न गरिएको छ।
गढीस्थित गोठालो बेकरी तथा रेस्टुरेन्टले शनिबार विशेष कार्यक्रम आयोजना गरी भ्यागुता र भ्यागुतीको विवाह गराएको हो। परम्परागत मान्यता अनुसार भ्यागुताको विवाह गराउँदा वर्षा हुने जनविश्वास रहेकाले उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ।
पछिल्ला केही सातादेखि धनगढीसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढेको छ भने पर्याप्त वर्षा हुन सकेको छैन। यसले जनजीवन प्रभावित भइरहेका बेला वर्षा होस् र गर्मीबाट राहत मिलोस् भन्ने उद्देश्यले भ्यागुताको विवाह सम्पन्न गरिएको हो।
विवाह कार्यक्रममा स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। विवाहमा परम्परागत रूपमा माला लगाउने, टीका लगाउने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रमसमेत गरिएको थियो।
नेपालका विभिन्न स्थानमा खडेरी परेको वा वर्षा ढिलो भएका बेला भ्यागुताको विवाह गराउने चलन रहँदै आएको छ। यसलाई प्रकृति र वर्षासँग जोडिएको सांस्कृतिक विश्वासका रूपमा लिने गरिन्छ।
कार्यक्रमको अन्त्यमा गोठालो परिवारले नवविवाहित भ्यागुताको जोडीलाई सुखद वैवाहिक जीवनको शुभकामना व्यक्त गर्दै चाँडै वर्षा भई सबैलाई गर्मीबाट राहत मिल्ने अपेक्षा गरेको जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।