राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

Wednesday June 17, 2026

पढ्न लाग्ने समय :


सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का विजयी भएका छन् । खड्का २८८ मतसहित प्रदेश सभापतिमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वीहरु स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे । खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा थिए । पार्टीभित्रको विवाद र आन्तरिक कलहकाबीच सम्पन्न निर्वाचनबाट उनी पुनस् सभापतिमा चयन भएका हुन् ।
आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम अधिवेशन सोमबार साँझसम्म नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास गरिएको थियो । तर, सर्वसम्मत सम्भव नभएपछि मंगलबार दिउँसो मतदान गरिएको थियो ।
अधिवेशनमा ५ सय ३० प्रतिनिधिले सहभागिता जनाएकोमा ४ सय जनाले मतदानमा भाग लिएका थिए ।
सभापतिका प्रत्यासी बस्नेतले मतदान सकिएपछि प्रतिनिधि छनोटमा एकलौटी भएको जनाउँदै अधिवेशन स्थगित गर्न रास्वपा केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी दिएका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।