रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट विजयी

Tuesday June 16, 2026

पढ्न लाग्ने समय :


धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट विजयी भएका छन्।
पार्टीको प्रथम प्रदेश अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा विष्टले ३५८ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत प्राप्त गरेका छन्।
निर्वाचन परिणामअनुसार विष्टले धामीभन्दा २०४ मतको फराकिलो अन्तर कायम गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
यसअघि पनि सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हालिसकेका विष्टले पुनः सभापतिमा निर्वाचित भएपछि पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता मजबुत पार्ने तथा प्रदेशभर पार्टीको संगठन विस्तारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
रास्वपाको प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको थियो। सभापतिमा विष्ट निर्वाचित भएसँगै अब सुदूरपश्चिममा पार्टीको आगामी रणनीति र संगठन विस्तारका कार्यक्रमले गति लिने विश्वास गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।