कैलालीको भीरबाट टेम्पो खसाल्ने वन अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा दर्ता

Tuesday June 16, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा डिभिजन वन कार्यालय धनगढीका दुई कर्मचारीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलारामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

टेम्पो चालक धनु धामीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनाविरुद्ध अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घटनासँग सम्बन्धित वन रक्षकसहित अन्य १० जना वन कर्मचारीलाई भने आवश्यक पर्दा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
वन कर्मचारीहरूले स्थानीय धनादेवी धामीले खुद्रा व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पोलाई भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। त्यसपछि घटनामा संलग्न रहेको आशंकामा १२ जना वन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उक्त घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा। हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेश गर्ने मन्त्रालयले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।