बैतडीमा शिक्षकले विद्यालयमै छात्रामाथि कुकर्म गरेको आरोप

Sunday June 14, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि विद्यालयभित्रै शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

घटना एक साताअघि भएको बताइएको छ। १० कक्षामा अध्ययनरत छात्रा कक्षाकोठामा एक्लै रहेको मौका पारेर राहत कोटामा कार्यरत शिक्षक नरेशबहादुर चन्दले दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको हो।

घटनापछि पीडित छात्राले घरपरिवारलाई जानकारी गराएकी थिइन्। त्यसपछि विद्यालय परिवारले सरोकारवाला निकायसँग छलफल गरेको बताइएको छ। छलफलका क्रममा यसअघि पनि ती शिक्षकविरुद्ध गुनासो आउने गरेको तर विद्यालय प्रशासनले मिलापत्र गरी कारबाही नगरेको विषय समेत उठेको बताइएको छ।

विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले आरोपित शिक्षकलाई कारबाहीस्वरूप विद्यालयबाट बर्खास्त गरिएको जानकारी दिएका छन्। उनले घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी समेत दर्ता भइसकेको बताएका छन्।

यता जिल्ला प्रहरी कार्यालय बैतडीले पीडित पक्षबाट उजुरी प्राप्त भइसकेको र आरोपित शिक्षक पनि सम्पर्कमा आइसकेकाले कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने बताएको छ।


भर्खर

आज साउन १५ : खीर खाने दिन

आज साउन १५ गते देशभर परम्पराअनुसार खीर खाएर मनाइँदै छ। वर्षायाममा पर्ने साउन १५ मा

विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा

मधेसमा फैलिएको तनावप्रति गगन थापाको चिन्ता, स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्जबाट सुरु भएको हिंसात्मक घटनापछि पर्सा, धनुषा, सिरहालगायत मधेसका