राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको नयाँ नेतृत्व चयन

Monday June 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

सोमवार सम्पन्न अधिवेशनले पुन सभापतिमा केशव बलायरलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशनले बलायरको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

जिल्ला कार्यसमितिको उप सभापतिमा धनबहादुर बोहरा, सचिव विष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका हुन् । त्यस्तै सदस्यहरूमा मोहना साउद, टेक बोगटी, इन्द्र खड्का, खिम बहादुर बिठाडी, लाल भूल, केशव परियार, कविराज खत्री र सन्तोष भण्डारी चयन भएका छन् ।

यसअघि जिल्लाका ९ वटै पालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको रास्वपाले जिल्ला अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्वको टुङ्गो लगाएको हो ।

नयाँ नेतृत्वले संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा पार्टीको गतिविधिलाई जिल्लाभर थप प्रभावकारी बनाउने नब निर्वाचित सभापति बलायरले बताउनु भएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।