आज राति देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

Monday June 8, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार ९आज० राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा, हिमपातको सम्भावना छ ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भोलि मङ्गलवार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ ।

पर्सी बुधवार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

भोलि र पर्सी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने तथा गर्मी बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।