सुदूरपश्चिम निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्वका लागि स्वार र ठकुराठीबिच प्रतिस्पर्धा

Friday June 5, 2026

पढ्न लाग्ने समय :


कैलाली: सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन धनगढीमा सुरु भएको छ। महासंघका अध्यक्ष लक्ष्मण बहादुर स्वारको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठीले गरेका हुन्।

अधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्ने भएकाले निर्माण व्यवसायीहरूबिच विशेष चासो देखिएको छ। प्रदेशका नौवटै जिल्लाबाट छनोट भएका २८१ जना प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन्।

आगामी कार्यकालको नेतृत्वका लागि वर्तमान अध्यक्ष लक्ष्मण बहादुर स्वार र पूर्व केन्द्रीय सदस्य किशोर ठकुराठी नेतृत्वका दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन्। दुवै पक्षले व्यवसायीहरूको हकहित, व्यवसायिक वातावरण सुधार तथा निर्माण क्षेत्रका समस्याको समाधानलाई प्राथमिकतामा राख्दै आफ्नो एजेण्डा प्रस्तुत गरिरहेका छन्।

महासंघको नयाँ नेतृत्व चयनसँगै सुदूरपश्चिम प्रदेशको निर्माण व्यवसाय क्षेत्रको भावी दिशा र रणनीति तय हुने भएकाले अधिवेशनलाई निर्माण व्यवसायीहरूले महत्वका साथ हेरेका छन्।मतदानपछि नयाँ नेतृत्वको टुंगो लाग्नेछ।

अधिवेशनमा प्रदेशभरका निर्माण व्यवसायी, महासंघका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।


भर्खर

डाक्टरहरूको आन्दोलनका कारण देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

नेपाल चिकित्सक संघको आह्वानमा आज मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द

चिकित्सकमाथिको हिंसाविरुद्ध, नेपाल चिकित्सक संघको प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र ,इमर्जेन्सी बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी