आदर्श गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

Wednesday June 3, 2026

पढ्न लाग्ने समय :


डोटी: डोटीको आदर्श गाउँपालिकालाई “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।

गाउँपालिकाभित्र रहेका २४ देखि ५९ महिनासम्मका कुल ९ सय ५९ जना बालबालिकामध्ये खोप लगाउन छुटेका ४ जना बालबालिकालाई समेत आवश्यक सबै खोप प्रदान गरिसकिएको स्वास्थ्य शाखा प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो।

आदर्श गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी, १२ वटा सामुदायिक स्वास्थ्य इकाइ तथा १ वटा आधारभूत स्वास्थ्य केन्द्र गरी कुल १९ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन्।

समुदायमा खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्य निरन्तर भइरहेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष गणेश खड्काले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपरोस् भन्ने विषयमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

गाउँपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित वडा घोषणा भइसकेपछि आज पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

पालिकाभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गर्दै खोप कार्यक्रमलाई दिगो, प्रभावकारी तथा निरन्तर बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ।

यसका साथै स्थानीय तह, स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच समन्वय र जिम्मेवारी अभिवृद्धि गर्दै भविष्यमा समेत पूर्णखोपको अवस्था कायम राख्न दीर्घकालीन योजना कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ।


भर्खर

कैलालीको मोहन्यालका आमा-शिशु भवनविहीन खोप केन्द्रको भरमा

कैलाली : कैलालीको मोहन्याल गाउँपालिका भौगोलिक रूपमा दुर्गम, छरिएको बस्ती र सीमित पूर्वाधारका कारण विकासका

रवि पुगे अयोध्या

काठमाडौं : भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेर राम

कञ्चनपुर कारागारबाट फरार दुई कैदी ९ महिनापछि पक्राउ

कञ्चनपुर :  कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ ।