सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद फेरि जोगियो

Tuesday June 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो ।
महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।
शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
कांग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह बिष्टका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका १८ सांसदमध्ये नौ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको थिए। कांग्रेस सांसद प्रकाशबहादुर देउवा भने लामो समयदेखि नेपालबाहिर रहेका कारण हस्ताक्षर प्रक्रियामा सहभागी नभएको बताइएको छ।
मुख्यमन्त्री शाहविरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्न ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बैठक बसेको थियो। प्रस्तावमा दिवानसिंह बिष्ट, मानबहादुर रावल, प्रमुख सचेतक गीता चौधरी, प्रदेशसभा सदस्यहरू तुलसी देवकोटा, डम्मरी महरा, पदमबहादुर शाही, बेलबहादुर राना मगर, ललिता सुनार र जुनाकुमारी दानीको हस्ताक्षर रहेको छ।
सांसदहरूले जेठ ८ गतेदेखि नै शाहविरुद्ध हस्ताक्षर संकलन सुरु गरेका थिए। आवश्यक संख्या पुगेपछि अविश्वास प्रस्ताव औपचारिक रूपमा मंगलवार दर्ता गरिएको हो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।