बाजुरामा पहिलो पटक कमाण्डमा महिला प्रहरी

Friday May 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पहिलो पटक महिला प्रहरी अधिकृतले नेतृत्व सम्हालेकी छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरालाई बाजुराको प्रहरी प्रमुखका रूपमा खटाएपछि जिल्लाको सुरक्षा कमाण्ड अब महिला अधिकृतको काँधमा पुगेको हो ।
यसअघि प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रदेश अपराध समन्वय शाखा, नक्सालमा कार्यरत बोहराले बिहीबारदेखि औपचारिक रूपमा जिल्ला प्रहरी कार्यालय बाजुराको जिम्मेवारी सम्हालेकी छन् ।
बाजुरामा कार्यरत डीएसपी इकबाल हवारीको जिल्ला प्रहरी कार्यालय नुवाकोट मा सरुवा भएपछि बोहरालाई बाजुरा पठाइएको हो ।
डीएसपी बोहरा सम्भवतः सुदूरपश्चिम प्रदेशमै जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्ने पहिलो महिला प्रहरी अधिकृत बनेकी छन् ।
प्रहरी संगठनभित्र उनी अनुसन्धानमा दक्ष, अनुशासित र परिणाममुखी अधिकृतका रूपमा परिचित छिन् । विशेषगरी अपराध अनुसन्धान र समन्वयात्मक कार्यशैलीमा उनको अनुभवलाई प्रभावकारी मानिन्छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।