सुदूरपश्चिमका तराई भूभागमा आज र भोलि तातो हावा चल्ने

Friday May 22, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातो हावा चल्ने सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार आज र भोलि लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
बिहीबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
भोलि गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।