बाजुराको कर्णाली नदीमा महिला मृत फेला
पढ्न लाग्ने समय :
बाजुरा : बाजुरामा एक जना महिला मृत फेला परेकी छन । मृत हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका–५ का ३५ वर्षीया लालचुला बुढा शाही रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुढा शाही गत वैशाख २७ घरदेखि बेपत्ता भएकी थिइन । श्रीमान्सँग झगडा भई घरबाट माइतीघर जान्छु भनेर गएकी बुढा शाही आज कर्णाली नदीको किनारमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए।