प्रधानन्यायाधीश शर्माले लिए पद तथा गोपनीयताको शपथ
पढ्न लाग्ने समय :
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन। मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनले शपथ ग्रहण गरेका हुन। नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरे ।
संवैधानिक परिषद्को २०८३ वैशाख २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई संसदीय समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो ।
प्रधानन्यायाधीशको नियुक्ती लगत्तै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन।
राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगै कुटनीतिक नियोगका प्रमुख र विशिष्ट कर्मचारीलगायतको उपस्थिति थियो ।