सुदूरपश्चिममा देउवा समूहको भेला हुँदै, अनिवार्य उपस्थित हुन काँग्रेस प्रदेश समितिको निर्देशन

Tuesday May 19, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले जेठ १० गते गर्न लागेको भेलामा अनिवार्य उपस्थित हुन प्रदेशका ९ वटै जिल्लाका कार्यसमितिलाई परिपत्र गरेको छ ।
प्रदेश सभापति वीरबहादुर बलायरले मंगलबार सबै जिल्ला कार्यसमितिलाई ‘पार्टीको वृहत्तर एकता र पुनर्जागरण भेलामा अनिवार्य उपस्थिति’ हुन भन्दै परिपत्र गरेका छन् । यस्तै भेलालाई पार्टीका अग्रज नेताहरूले सम्बोधन गर्ने भनिएको छ ।
सोही परिपत्रमार्फत कांग्रेसका पूर्वकेन्द्रीय पदाधिकारी, निवर्तमान केन्द्रिय पदाधिकारी, वर्तमान तथा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, ९ वटै जिल्लाका जिल्ला सभापति, प्रदेश कार्यसमिति सदस्य र आमन्त्रित सदस्य, नौ वटै जिल्लाका पूर्वजिल्ला सभापति, पूर्वमन्त्री, सांसदलाई पनि अनिवार्य आमन्त्रण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र अन्य मन्त्री-राज्यमन्त्री, महाधिवेशन प्रतिनिधि, प्रदेशका निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरू, जिल्ला कार्यसमिति सदस्य, भेला जेठ १० गते धनगढीका लागि तय गरिएको छ । यो भेलालाई संस्थापन इतर समूहले दिन, निर्वाचन क्षेत्र तथा पालिकाका सभापतिदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि भेलामा अनिवार्य आमन्त्रण गरिएको पत्रमा उल्लेख छ ।
प्रदेश सभापति बलायर निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । उनी विशेष महाधिवेशनबाट चुनिएको केन्द्रीय कार्यसमितिका कार्यक्रममा सहभागी भएका छैनन् । सुदूरपश्चिम प्रदेश समितिले आयोजना गर्न लागेको यो भेलालाई संस्थापन इतर पक्षको समर्थन रहेको भनिएको छ ।


भर्खर

धनगढीका होटलमा अनैतिक गतिविधि गर्ने २४ जना प्रहरी नियन्त्रणमा

धनगढी:  कैलालीकाे धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४

विष्णु पौडेललाई गैरकानुनी थुनिएको भन्दै श्रीमती पुगिन् सर्वोच्च

काठमाडौं : आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल

रास्वपा महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय