सुदूरपश्चिममा पूर्व कृषि मन्त्री रामेश्वर १० लाख धरौटीमा रिहा

Tuesday May 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व कृषि मन्त्री रामेश्वर चौधरी १० लाख धरौटीमा रिहा भएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री हुँदा किसानलाई पावर टिलर दिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत बर्दियाले उनीसँग १० लाख धरौटी माग गरेको हो। वैशाख ३० गते जिल्ला अदालतले धरौटी आदेश गरे पनि पूर्वमन्त्री चौधरीले ३१ गते मात्रै धरौटी बुझाएर रिहा भएका थिए ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् । सुरो नेपाल नामक एक संस्थाले बर्दियाको बारबर्दिया गाउँपालिकामा अनुदानमा किसानलाई पावर टिलर ट्र्याक्टर दिने भन्दै रकम उठाएको थियो । किसानहरूले सुरो नेपालकी अध्यक्ष सुशीला खड्काको खातामा ५७ लाख रुपैयाँ जम्मा गरेको र मन्त्री चौधरीलाई १७ लाख रुपैयाँ दिएको आरोप लगाउँदै आएका छन् ।
२०८२ भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उनीहरूविरुद्ध उजुरी दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धानपछि २०८३ वैशाख १८ गते जिल्ला अदालत बर्दियामा पूर्वमन्त्री चौधरी, सुरो नेपालकी खड्कासहित अन्य दुई जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अदालतले २० गते खड्कालाई र ३० गते चौधरीलाई १० लाख धरौटी माग गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश पार्कीले बताए। उनका अनुसार १० लाख धरौटी तिर्न नसकेर खड्का अहिले पनि कारागारमा छिन् भने पूर्वमन्त्री चौधरीले अर्को दिन धरौटी तिरेर रिहा भएका हुन् । खड्का विरुध कैलाली र कञ्चनपुर जिल्लामा समेत ठगी मुद्दा दर्ता भएका छन्।
स्थानीय किसानहरूले ५७ लाख रुपैयाँ खातामा पठाएको र १७ लाख रुपैयाँ मन्त्रीलाई दिएको आरोप लगाइरहेको प्रहरीको भनाइ छ । मन्त्री चौधरीले केही रकम फिर्ता गरेको तथा बाँकी रकम फिर्ता गर्न आनाकानी गरेपछि विवाद बढ्दै गएको प्रहरीले जनाएको छ।
यता मन्त्री चौधरीले भने आफूले कसैसँग पैसा नलिएको दाबी गरेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।