कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

Sunday May 17, 2026

पढ्न लाग्ने समय :


कैलाली :  कैलालीकाे घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएकाे छ । नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बमकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट उद्दार गरेर उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।