गगन थापा धनगढी आउदै, दुई दिन प्रादेशिक भेला

Friday May 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाली काँग्रेसका सभापति गगनकुमार थापा धनगढी आउने भएका छन्। धनगढीमा शनिवार र आइतवार आयोजना हुने प्रदेश स्तरीय भेलामा सहभागी हुन थापा धनगढी आउने भएका हुन।

नेपाली काँग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने नेपाली काँग्रेसले बताएको छ। भेलालाई काँग्रेस सभापति थापा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले भेलाको तयारी लगभग पूरा भएको र नेताहरू आउने क्रम जारी रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिने बताए । साथै स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे पनि छलफल हुने उनले जानकारी दिए । ‘प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल गर्ने कार्यसूची छ,’ सहमहामन्त्री स्नेहीले भने, ‘पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, सभापति गगनकुमार थापा लगायतले भेलालाई सम्बोधन गर्नुहुनेछ ।’

भेलामा सहभागी हुन उपसभापति शर्मा धनगढी पुगिसकेका छन् भने सभापति थापा शनिवार बिहान धनगढी आउने कार्यक्रम रहेको बताइएको छ । विशेष महाधिवेशनपछि काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा हुन लागेको पहिलो समीक्षा भेलालाई चासोका साथ हेरिएको छ ।

प्रतिनिधि सभा निर्वाचनका क्रममा सभापति थापासहितका नेताहरूले अन्य प्रदेशझैँ सुदूरपश्चिममा पनि चुनावी सभा गर्न खोजेका थिए ।

 


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते