नवजीवन सहकारीको अध्यक्षमा पाठकले गरे उम्मेदवारी घोषणा

Friday May 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीको नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठकले उम्मेदवारी घोषणा गरेका छन्। सहकारीको ३२ औँ चुनावी सभाका लागि पाठकले अध्यक्षमा चुनाव लड्ने घोषणा गरेका हुन्।

पाठकले नौ सदस्यीय समिति सहित प्यानलनै बनाएर सहकारीको चुनावमा सहभागी हुने बताएका छन्। धनगढीमा पुस्तक व्यवसाय सञ्चालन गर्दै आएका पाठक आठ वर्षदेखि नवजीवन सहकारीको सदस्य रहेका छन्। उनको समूहबाट उपाध्यक्षमा उत्तम जोशी चुनावी मैदानमा रहेका छन्। सदस्यहरूमा कोपिला कुँवर, गणेश बम, जगतराम चौधरी, जयराज जोशी, ठोमनाथ ढकाल, भरत राज जोशी र लक्ष्मीराज पन्त रहेका छन।

लेखा समितिमा गणेश प्रसाद जोशी, गणेश प्रसाद उपाध्याय र खेमराज पाठक सदस्य रहेका छन्। पाठकले नौ बुँदाको प्रतिवादतासहित चुनावी समूह घोषणा गरेका हुन्। उनले संस्थागत सुशासन, लगानी तथा असुली, सदस्यहरूको हित, उत्पादन, जनशक्ति विकास, भौतिक विकास, प्राविधिक र स्रोत साधनका लक्ष्यहरु उनको समूहको रहेको छ। पठकको सुशासन उत्पादन, डिजिटल अभियान, नवजीवन अब पाउँनेछ नयाँ पहिचान नारा रहेको छ।

नवजीवन सहकारी संस्थाको जेठ ९ गते निर्वाचन हुँदैछ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।