कञ्चनपुरमा पुरुष मृत फेला
पढ्न लाग्ने समय :
कञ्चनपुर : पुनर्वास नगरपालिका–११ रामजानकी टोलका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सोही स्थान बस्ने ४६ वर्षीय फिरु चौधरी सोमबार साँझ घरदेखि करिब १०० मिटर टाढा खेतमा मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
यस सम्बन्धमा नेपाल प्रहरी ले आवश्यक अनुसन्धान गरिरहेको छ।