बैतडीको डिलाशैनी गाउँपालिकाको लोडरमा नक्कली नम्बर प्लेट, प्रयोगमा रोक

Sunday May 3, 2026

पढ्न लाग्ने समय :


बैतडीः बैतडीको डिलाशैनी गाउँपालिकाले प्रयोग गर्दै आएको लोडरमा राखिएको नम्बर प्लेट दर्ता नभएको खुलेपछि उक्त मेसिनको प्रयोग तत्कालका लागि रोकिएको छ । आर्थिक वर्ष २०७९/८० मा करिब ५४ लाख रुपैयाँमा खरिद गरिएको लोडरमा राखिएको सेतो नम्बर प्लेट आधिकारिक अभिलेखमा नभेटिएपछि अनियमितता बाहिरिएको हो ।
गाउँपालिकाले बा.प्र.०१–००४ क १२१६ नम्बर प्रयोग गर्दै आएको भए पनि उक्त नम्बर यातायात कार्यालयमा दर्ता नभएको पुष्टि भएको छ । प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदका अनुसार नवीकरणका लागि यातायात कार्यालय डडेल्धुरा पुगेपछि मात्रै यो तथ्य पत्ता लागेको हो । दर्ता नभएको खुलेपछि मेसिन सञ्चालनमा रोक लगाइएको र यसबारे थप बुझ्न काठमाडौँसम्म जाने तयारी भइरहेको उनले बताए ।
दर्ता प्रक्रियामै नरहेको सवारी तीन वर्षसम्म सञ्चालनमा रहँदा गाउँपालिकाले इन्धन तथा मर्मत शीर्षकमा ठूलो रकम खर्च गरिसकेको छ । यस घटनाले स्थानीय तहभित्रको कार्यप्रणालीमाथि प्रश्न उठाएको छ भने नक्कली नम्बर प्लेट प्रयोग गरिएको विषयमा व्यापक आलोचना समेत भइरहेको छ ।
यातायातसम्बन्धी कानुनअनुसार दर्ता नभएको वा गलत नम्बर प्लेट राखेर सवारी सञ्चालन गर्नु गैरकानुनी मानिन्छ । सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ अनुसार यस्तो कार्यमा संलग्नलाई जरिवाना वा सवारी जफतसम्मको व्यवस्था छ ।
गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले यस विषयमा आफूले हालै मात्र जानकारी पाएको बताउँदै खरिद प्रक्रियामा संलग्न तत्कालीन कर्मचारी तथा सम्बन्धित शाखाबाट जानकारी लिने काम भइरहेको बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।