अनमी कुट्ने स्वास्थ्य चौकी इन्चार्ज कारागार चलान

Saturday May 2, 2026

पढ्न लाग्ने समय :


धनगढीः अनमीलाई कुटपिट गर्ने बैतडीको पुर्चौडी–७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहार पुर्पक्षका लागि कारागार चलान भएका छन्। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई चैत २२ गते धनगढी–१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए। भट्टले लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकी थिइन्।
कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको थियो। लुहारले इट्टाले भट्टको टाउको र हातमा प्रहार गरेका थिए।
कुटपिट लगत्तै पक्राउ परेका लुहारलाई कैलाली प्रहरीको हिरासतमा राखेको थियो। लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको र अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले दिनेशखबरलाई बताए। ’लुहार विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको हो। अदालतबाट थुनामा पठाउने आदेश भएको छ,’ डिएसपी तिमिल्सिनाले बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।