धनगढीको एक होटलबाट जुवातास, १० जना पक्राउ

Friday May 1, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

स्थानीय कालुराम चौधरीले सञ्चालन गरेको रोहित होटलको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ उनीसहित १० जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा होटल सञ्चालक ४२ वर्षीय कालुराम चौधरी, ३८ वर्षीय बिरेन्द्र थापा, २४ वर्षीय रोहित खड्का, २० वर्षीय क्रिस बम, ३३ वर्षीय पदम ठकुल्ला, २९ वर्षीय अनिल चौधरी, ५१ वर्षीय बिरु साउद, ४१ वर्षीय टिकाराम खनाल, ४३ वर्षीय रामकृष्ण चौधरी र १८ वर्षीय बिबेक साउद रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट नगद  ५९ हजार २ सय ९० र एक गड्डी तास बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।