बझाङमा स्थानीय तहका वडा बाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

Thursday April 30, 2026

पढ्न लाग्ने समय :


बझाङ :  जिल्ला प्रशासन कार्यालय बझाङको सहजीकरणमा अब स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ। सेवाग्राहीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

यस अन्तर्गत बित्थडचिर गाउँपालिकाका सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ। गाउँपालिकाका अनुसार वैशाख १४ गतेदेखि २४ गतेसम्म प्रत्येक वडामा पुगेर सम्बन्धित नागरिकलाई परिचयपत्र उपलब्ध गराइने भएको छ।

यस अगाडि देखि राष्ट्रिय परिचय पत्रका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोमा अब आफ्नै वडा कार्यालयबाट सेवा पाउँदा स्थानीयवासीलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम बस्तीका नागरिकलाई यस अभियानले ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

वडा कार्यालयहरूले तोकिएको मिति र समय अनुसार आफ्नो परिचयपत्र बुझ्न आउन सम्बन्धित सबै नागरिकलाई आग्रह गरेका छन्।

साथै, परिचयपत्र लिन आउँदा आवश्यक कागजात साथमा ल्याउन पनि अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बझाङले आगामी दिनमा अन्य पालिकाहरूमा समेत यस्तै सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ