बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान

Wednesday April 29, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुरा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामेरा तथा जीपीएस जडान गर्ने कार्य सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले २०८३ वैशाख १ गते सार्वजनिक सूचना जारी गर्दै बाजुरामा चल्ने सबै सार्वजनिक सवारी साधनमा सुरक्षा मापदण्ड कायम गर्न सिसिटिभी र जीपीएस जडान अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अहिले जिल्लाभरका सवारी साधनमा धमाधम सिसिटिभी र जीपीएस जडान भइरहेको छ ।
सुदूरपश्चिम यातायात बाजुराका संयोजक रामचन्द्र गिरीले सार्वजनिक सवारी साधनमा सिसिटिभी जडानको काम सुरु भइसकेको बताए। उनले भने, “आइतबारदेखि लामो दूरीका सवारी साधनमा सिसिटिभी र जीपीएस जडान गर्ने काम सुरु गरिएको छ ।”
उनका अनुसार करिब दुई हप्ताभित्र बाजुरामा सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनमा सिसिटिभी र जीपीएस जडान कार्य सम्पन्न गरिनेछ ।
बाजुरामा धनगढीबाट २९, नेपालगञ्जबाट ५, महेन्द्रनगरबाट १८ र काठमाडौँबाट ५ गरी ५७ वटा लामो दूरीका सवारी साधन सञ्चालनमा रहेका छन् । यात्रु, चालक र सवारी धनी सबैका लागि सुरक्षा र सहजता सुनिश्चित गर्न यी उपकरण जडान गरिएको हो ।
नेपाल सरकारको निर्णयअनुसार बाजुरामा सञ्चालन हुने साना तथा ठुला सबै सवारी साधनमा सिसिटिभी जडान अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सबै सवारी साधनमा देखिने गरी भाडादर सूची टाँस्न निर्देशन दिइएको बताए । उनले भने, “सवारी चालकले गाडी चलाउँदा अनिवार्य रूपमा पोशाक र परिचयपत्र प्रयोग गर्नुपर्नेछ ।” उनले नियम पालना नगर्ने सवारी साधन र चालकलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिए।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ