बाजुरा र कालीकोटको सीमा क्षेत्रमा डोजर दुर्घटना, एक जना बेपत्ता

Sunday April 26, 2026

पढ्न लाग्ने समय :


बाजुरा :  बाजुरा र कालीकोट जिल्लाको सिमानास्थित लैफुडाँडाको भिरबाट डोजर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।

कर्णाली कोरिडोर सडक अन्तर्गत चलिरहेको डोजर करिब १५० मिटर तल भिरमा खसेको हो । डोजरमा चालकसहित तीन जना सवार रहेकामा चालक र एक जना भने सकुशल रहेका छन् भने अर्को एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

बेपत्ता व्यक्तिको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । साथै, थप खोजी तथा उद्धारका लागि कालीकोटबाट नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भइरहेको सूचना अधिकारी शाहीले बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।