प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने

Saturday April 25, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुक भारतको भ्रमण गर्ने भएका छन।
प्रधानमन्त्रीमा नियुक्त भएपछि विदेशको पहिलो भ्रमण भारतबाट सुरु गर्ने परराष्ट्र मन्त्रालयले प्रस्ट पारेको छ । शुक्रवार नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी सुरु भएको बताए।
उनका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालमार्फत भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो आएको हो । उनले भने, “भ्रमण हुने पक्का हो, अहिले सुरुवाती चरणको तयारी मात्र सुरु भएको हो, कहिले र कसरी हुने भन्ने विषयको पूर्ण टुङ्गो लागेपछि मन्त्रालयले सार्वजनिक गर्ने छ ।” नेपाल वा छिमेकी मुलुकमा सरकार परिवर्तन भएपछि पहिलो भ्रमण छिमेकीलाई प्राथमिकता दिने परम्परागत कूटनीतिक चलन रही आएको छ ।
भारतको विदेश नीतिले पनि छिमेकीलाई पहिलो प्राथमिकता भने प्रस्ट उल्लेख गरेको छ । जस अनुसार भारतका प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक नेपालको लुिम्बनीको भ्रमण गरेका थिए । नेपालमा नवनियुक्त प्रधानमन्त्रीले पनि छिमेकी मुलुक भारत वा चीनको पहिलो भ्रमण गर्दै आएका विगतको परम्परा छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।