प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न मुख्यमन्त्री शाहको माग

Wednesday April 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न माग गरेका छन। भदौ २३ र १४ गतेको जेन्जी आन्दोलनपछि प्रतिनिधि सभा सदस्यको नयाँ निर्वाचन भएकोमा प्रदेश सभा र स्थानीय तहकोसमेत निर्वाचनको माग गरिएको हो।

प्रतिनिधि सभाबाट नयाँ संघीय सरकार गठन भएकोले प्रदेश र स्थानीय तहमा समेत नयाँ नेतृत्व आउनुपर्ने मुख्यमन्त्री शाहको जोड छ। उनले भने, ‘देशमा जेन्जी विद्रोह भयो। प्रतिनिधि सभाको निर्वाचन भयो। संघीय सरकार परिवर्तन भएको छ। प्रदेश र स्थानीय तहको निर्वाचन पनि चाँडै हुुनपर्छ। जनमतको हामी सबैले कदर गर्नुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय सरकार गठन गरेका बेला काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचनको माग गरेको हो। सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री छन। नेकपा एमाले पनि प्रदेश सरकारमा छ। मुख्यमन्त्री शाहले नै नयाँ जनादेशको प्रदेश सरकारको माग गरेका छन।

 


भर्खर

डोटीको प्रसिद्ध बडीकेदार धाममा मेला लाग्दै

धनगढी : डोटीको बडीकेदार मन्दिरमा जेठ १७ र १८ गते मेला लाग्ने भएको छ । सो

सुदूरपश्चिमको तराईमा तातो लहरको पूर्वानुमान

काठमाडौँ : हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका

शेखर गोल्छा पक्राउ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ