अछाममा सुस्त मनस्थितीकी युवतीमाथि करणी, एक जना पक्राउ

Wednesday April 22, 2026

पढ्न लाग्ने समय :


अछाम : अछाममा सुस्त मनस्थितिकी ३० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल अछाममा मिस्त्री काम गर्दै आएका ५८ वर्षीय राजन फुयाँल शर्मा रहेका छन्। अछाम प्रहरीका अनुसार हुलियाका आधारमा खोजतलास गर्दै जाँदा उनलाई सोमबार मंगलसेन नगरपालिका–५ बाट पक्राउ गरिएको हो।

tourism
गाउँमा पीडित युवती गर्भवती भएको हल्ला फैलिएपछि गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणका क्रममा युवती सात हप्ताको गर्भवती रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट गएको फागुन १६ गते शर्माले जबर्जस्ती करणी गरेको खुल्न आएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमप्रकाश खनालले जानकारी दिएका छन्।

पीडितका आफन्तबाट जाहेरी दरखास्त लिइसकिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। निर्माणाधीन विद्यालय भवनमा काम गर्ने क्रममा आरोपीले उक्त अपराध गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।


भर्खर

डोटीको प्रसिद्ध बडीकेदार धाममा मेला लाग्दै

धनगढी : डोटीको बडीकेदार मन्दिरमा जेठ १७ र १८ गते मेला लाग्ने भएको छ । सो

सुदूरपश्चिमको तराईमा तातो लहरको पूर्वानुमान

काठमाडौँ : हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका

शेखर गोल्छा पक्राउ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ