बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

Friday April 17, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–५ मा २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१-०१३ प ४२४६ नम्बरको मोटरसाइकल र सुर्नया गाउँपालिका-८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

सो दुर्घटनामा मोटरसाइकल चालक लुहारको बझाङको देउलेख प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्का चालक कठायतसहित मोटरसाइकलमा सवार पुर्चौडी नगरपालिका-५ का हिक्मत कुँवर, सिगास गाउँपालिका-९ का ३४ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका २६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन्।

उनीहरू मध्ये गम्भीर अवस्थाका कठायत र कुँवरको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेहरूको अवस्था भने मध्यम रहेको र स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको जनाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।