बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

Thursday April 16, 2026

पढ्न लाग्ने समय :


बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयकाले दिएको जानकारीअनुसार वित्थडचिर गाउँपालिका–१ माथिल्लो वित्थडस्थित माल्थिलो क्षेत्रमा घर निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको ज्यान गएको हो।

आज बिहान करिब ११ बजेदेखि हराइरहेका ती बालबालिकाको खोजी गर्ने क्रममा दिउँसो करिब २ बजे सोही खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक विष्टका अनुसार डुबेर ज्यान गुमाउनेमा बित्थडचिर–१ का गगन बोहराका अन्दाजी ५ वर्षीय छोरा जेनिस बोहरा र सोही स्थानकै सन्तोष बोहराकी अन्दाजी ६ वर्षीया छोरी पिन्सा बोहरा रहेका छन्।

स्थानीय र प्रहरीले उनीहरूको खोजी गरेको थियो। घर निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर दुबैको ज्यान गएको प्रहरीले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।