फेरि बढायो इन्धनको मूल्य

Thursday April 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको छ।

नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपियाँ र हवाई इन्धमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरिएको छ ।

परिवर्तित मूल्यअनुसार, डिजल र मट्टीतेलको प्रतिलिटर दुईसय ३७ पुगेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर दुईसय ५६ रुपियाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपियाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपियाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीनसय ३१ रुपियाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपियाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 


भर्खर

डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना

डोटी : डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने

सुदूरपश्चिमका २६ प्रतिशत नागरिकको स्वास्थ्य बीमा

धनगढीः सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य

फेरि बढायो इन्धनको मूल्य

धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि