कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
वैशाख २ गते बेलुका लम्कीचुहा नगरपालिका वडा नं. ५ चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले घर नजिकै सडकमा खेलिरहेकी ६ वर्षीया डिनल चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा बर्दगोरिया अस्पताल, बहुनियामा मृत्यु भएको हो।
घटनापछि ट्याक्टर र चालक, सोही स्थानका ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।