‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

Wednesday April 15, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन गरिएको छ। परम्पराअनुसार बैशाख १ गते हुने हाफ म्याराथन अब बैशाख १८ गते आयोजना गरिने भएको छ।
आइतबार जेसिजका अध्यक्ष महेश्वर ओझाको अध्यक्षतामा बसेको बैठकले तयारीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मिति सार्ने निर्णय गरेको हो। कार्यक्रममा ‘धनगढी दौडीन्छ’ भन्ने मूल नारासहित हाफ म्याराथन सञ्चालन गरिनेछ।
कार्यक्रमको मुख्य संयोजकको जिम्मेवारी दिपेश बोहरालाई दिइएको छ। आयोजकका अनुसार यस कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउने र खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।