हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Wednesday April 15, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीमा हाईस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु‍ भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बर हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो। हाईस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ। हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


भर्खर

धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम

धनगढी : कैलालीको धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ। आन्तरिक मामिला तथा कानुन

करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु

कैलालीः गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर ७ वर्षीया

प्रहरी सहायक निरीक्षक पाध्या सम्मानित

धनगढी :  प्रहरी सहायक निरीक्षक सुभाषकुमार पाध्या सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, दोलखामा