कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

Wednesday April 15, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती गहुँबाली जलेर नष्ट भएपछि चिन्तित छन्।
आइतवार साँझ पुनर्वास नगरपालिका–९ “ख” गाउँका स्थानीय बिष्णुदल काफ्लेले आफ्नो जमिनमा रहेको फोहोरमा लगाएको आगो अचानक सल्किन गई खातीको गहुँ बाली जलेको हो ।
आगालागिबाट गहुँ बाली जलेर नष्ट भएपछि स्थानीय खातीको परिवार गुजाराको पिरालोले चिन्तित बनेको छ । वर्ष भरी खानका लागि काट्न तयार रहेको गहुँमा आगोलागेपछि १२ जनाको परिवार कसरी गुजारा गर्ने भनेर चिन्तित बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर साहीले गहुँ बालीमा सल्किएको आगोले केही समयमै १८ कठ्ठा जमिनमा काट्न तयार भएको गहुँ पूर्ण रूपमा जलेको बताए ।
गहुँ बाली नजिकै १० कठ्ठामा उखु खेती गरेकाले अन्य कृषकहरूको झन्डै आठ बिघामा लगाएको गहुँ जल्न नपाएको प्रनाउ बोहराले बताए। आगलागीबाट नष्ट भएको गहुँको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पुनर्वास नगरपालिकाले भने आगलागीबाट स्थानीयको गहुँ खेती नष्टभएपछि केही हद सम्म राहत प्रदान गरिने जनाएको छ । नगरपालिकाका सूचना अधिकारी धौल सिंह सार्कीले पुरै क्षतिपूर्ति उपलब्ध गराउन नसकिए पनि प्रहरी मुचुल्काका आधारमा केही राहत उपलब्ध गराइने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।