धनगढीमा एक साथ नौ स्थानमा स्मार्ट लाइटको उद्घाटन

Sunday April 12, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीका नौ स्थानमा एक साथ स्मार्ट लाइटको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत विभिन्न वडामा जडान गरिएका स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गरेको हो।

उपमहानगरपालिकाको आइतवार साँझ नौ स्थानमा एकैपटक स्मार्ट स्ट्रिट लाइट उद्घाटन गरिएको छ। उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार ‘एक वडा, एक आर्थिक केन्द्र (बजार क्षेत्र)’ निर्माण गर्ने उद्देश्यले उज्यालो धनगढी अभियानको आठौं संस्करण अन्तर्गत विभिन्न वडामा बत्ती जडान गरिएको हो।

वडाका विभिन्न स्थानमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले एकैसाथ सडक बत्ती उद्घाटन गरेका हुन्।

कार्यक्रम अनुसार वडा नम्बर १ को नोभा अस्पताल अगाडि र सेतोपुल नजिक स्मार्ट स्ट्रिट लाइट उद्घाटन गरिएको हो। कैलाली पुलदेखि क्याम्पस रोडसम्म जडान गरिएको सडक बत्तीको उद्घाटन वडा अध्यक्ष सन्तोष मुडभरी र वडा सदस्यहरूले गरेका हुन्।

उक्त अवसरमा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो।

वडा नम्बर ३ को फाप्ला जाने सडकमा जडान गरिएको बत्तीको उद्घाटन विवेक दाना मिल अगाडि, वडा अध्यक्ष राजबहादुर ऐरले गरेका छन्। उक्त अवसरमा वडा सदस्य र वडावासीको उपस्थिति रहेको थियो।

यस्तै वडा नम्बर ७ मा बेली हनुमान मन्दिरदेखि सेतोपुलसम्मको सडक खण्डमा जडान गरिएको बत्तीको उद्घाटन जुगेडा जाने सडक नजिक तथा मनेहरा पुरानो वडा कार्यालय नजिक वडा अध्यक्ष मोती रानाले गरेका छन्।

वडा नम्बर ८ मा अनामनगर हुलाकी सडकमा जडान गरिएको बत्तीको उद्घाटन मनेहरा गाउँ जाने चोक नजिक वडा अध्यक्ष जुगराम चौधरीले गरेका छन्। उक्त अवसरमा सर्वसाधारण वडावासीको उपस्थिति रहेको थियो।

यस्तै, वडा नम्बर ११ मा बेला चोकदेखि थापाचोकसम्म जडान गरिएको सडक बत्तीको उद्घाटन बेलाको उपाध्याय मिल नजिक वडा अध्यक्ष रूप बहादुर कुँवरले गरेका छन्। यसैगरी, वडा नम्बर १२ मा जुगेडा ‘ए’ गाउँमा जडान गरिएको बत्तीको उद्घाटन सेन्टर प्लट नजिक वडा अध्यक्ष शेर बहादुर महराले गरेका छन्।

त्यसैगरी वडा नम्बर १७ मा घुर्जन्ना क्षेत्रमा जडान गरिएको बत्तीको उद्घाटन वडा कार्यालय अगाडि वडा अध्यक्ष माधव रानाले गरेका हुन्। उक्त अवसरमा सर्वसाधारणको उपस्थिति रहेको थियो। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो धनगढी’ कार्यक्रमको यो आठौँ चरण हो। यस कार्यक्रमले नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र उज्यालो बनाउने विश्वास लिइएको छ। साथै, स्थानीय बजार क्षेत्रको विकास र आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।