संघीय सरकार विरुद्ध पत्रकार आन्दोलित, सुदूरपश्चिममा दलका नेतासँग छलफल

Saturday April 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन प्रकाशन, प्रसारण गर्ने नेपाल सरकारको निर्णय विरुद्धमा सञ्चारकर्मीहरू आन्दोलित भएका छन् ।

यसक्रममा शुक्रवार नेपाल पत्रकार महासङ्घको अगुवाइमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराइएको छ । सो अवसरमा सन्चारकर्मीहरूले कोशी प्रदेश सरकारको जस्तै सुदूरपश्चिम प्रदेश सरकारले नीतिगत सुधार गर्नु पर्नुपर्ने माग गरे । उनीहरूले प्रदेश र स्थानीय सरकारहरू स्वायत्त भएकाले आफूले निर्णय गर्न पाउनु पर्ने बताए । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले ऐन मार्फत पत्रकारका मागहरूको सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नीतिगत सुधारका लागि पत्रकारसँग छलफल गर्ने समेत बताएका छन्।

अन्तरक्रियामा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलको नेता खगराज भट्टले पत्रकारहरूको मागको विषयमा आफ्नो दल सकारात्मक रहेको बताएका छन। उनले पत्रकारको पक्षमा आन्दोलनमा सहभागी हुनसमेत तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी केन्द्रलाई समेत पत्रकारको पक्षमा आवाज उठाउनका लागि आग्रह गर्ने उनले बताए।

एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले संघीय सरकार संविधानको विपरीत गएको दाबी गरेकी छन। संघीय सरकारले लोकतन्त्रको संरक्षणका लागि पत्रकारहरुको माग सम्बोधन गर्नुपर्ने उनको तर्क छ।

संघीय सरकारले सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन तथा सूचनाहरू प्रशासन र प्रसारण गर्न भनेपछि नेपाल पत्रकार महासंघले देश भरि नै आन्दोलनका अभियानहरू घोषणा गरेको छ ।

 


भर्खर

धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम

धनगढी : कैलालीको धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ। आन्तरिक मामिला तथा कानुन

करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु

कैलालीः गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर ७ वर्षीया

प्रहरी सहायक निरीक्षक पाध्या सम्मानित

धनगढी :  प्रहरी सहायक निरीक्षक सुभाषकुमार पाध्या सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, दोलखामा