धनगढीको चैतन्य पाठशालाले एक हजार विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिने

Friday April 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले एक हजार विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिने भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको चैतन्य पाठशालाले निःशुल्क क्षमता विकास अभियान घोषणा गरेको छ । निःशुल्क “चैतन्य विद्यार्थी क्षमता विकास अभियान” मा एसइइ दिएका एक हजार विद्यार्थीलाई सहभागि गराइने पाठशालाका अध्यक्ष गणेश जोशीले बताए।

कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, सीप अभिवृद्धि तथा भविष्य निर्माणमा टेवा पु¥याउने लक्ष्य लिएको छ । यस अभियान अन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, प्रस्तुतीकरण तथा नेतृत्व विकास, सूचना तथा सञ्चार, शारीरिक तथा मानसिक प्रशिक्षण समावेश गरिएको छ ।

कार्यक्रम आगामी बैशाख ६ गतेदेखि सञ्चालन हुने जनाइएको छ । सीमित सिटका कारण ‘पहिलो आउनेलाई प्राथमिकता’को आधारमा सहभागिता सुनिश्चित गरिनेछ । तालिम सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको छ ।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले