गेटोमा नयाँ शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठन-पाठन सुरु गर्ने निर्णय

Wednesday April 8, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको गेटामा नयाँ शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठन–पाठन सुरु गर्ने निर्णय गरिएको छ। नेपालमै पहिलो पटक गेटामा स्थापना गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ शैक्षिक सत्रबाट चार वटा संकायको पठन पाठन सुरु गर्ने निर्णय गरिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय सञ्चालनसँगै विद्यार्थी भर्ना कोटासमेत निर्धारण गरेको छ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीले आगामी शैक्षिक सत्रदेखि कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिने बताए। निर्णयअनुसार ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी भर्ना गरिनेछ। साथै तीन सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।

दुइ अर्ब ५३ करोड बजेट माग
सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८२/८३ को जेठ–असारका लागि चिकित्सकहरूको तलब बापत पाँच करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ।
आजको सिनेट बैठकले विश्वविद्यालय सभामा दुई महिला र दुई पुरुष सदस्य मनोनयन गरेको भए पनि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। यसअघि विश्वविद्यालयका तीन वटा बैठक काठमाडौंमा बसेका थिए भने पहिलो पटक गेटामै बैठक सम्पन्न भएको हो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।