‘सुदूरपश्चिम प्रदेश सरकार कुम्भकर्ण जस्तो सुतेको छ’

Wednesday April 8, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका खगराज भट्टले भदौ २३ र २४ गतेको घटनाको छानबिन हुनुपर्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेश सभा बैठकलाई प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा सम्बोधन गर्दै उनले दुवै दिनको घटनाको छानबिन हुनुपर्नेमा जोड दिएका थिए। दुई तिहाइको सरकारले जेनजी आन्दोलनको जुलुस नियन्त्रण गर्न नसकेको टिप्पणी गरेका थिए। ‘२३ र २४ गतेको दुवै दिनको घटनाको छानबिन हुनुपर्छ,’ उनले भने, ‘२४ गतेको विध्वंस कुनै पनि राजनीतिक दलले गरेको भए दण्डित गर्नुपर्छ, उनीहरूलाई अपराधको कठघरामा उभ्याउनु पर्छ।’

भट्टले २३ गतेको घटनाले २४ गतेको परिस्थिति आएको हो वा होइन भन्नेबारे स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए। ‘जेनजी आन्दोलनपछि केन्द्रमा सरकार हरायो, प्रदेशमा कुम्भकर्ण जस्तो सुतेको जस्तो हामीले देख्यौँ,’ उनले भने, ‘हाम्रो लागि दुःखद विषय बन्यो।’

बिचौलिया र दलालसँग कमिसन लिएर योजना बेचेको पनि आरोप लगाएका थिए। ‘जनताले इतिहासमा सबैलाई अवसर दिएका हुन्, तर हामीले त्यो सदुपयोग गर्न सकेनौँ,’ उनले भने, ‘कार्यकाल सकिन लाग्दासम्म पनि हामीले राजधानी टुङ्गो लगाउन नसक्नु सरकारको उदासीनता हो।’ प्रदेश सरकारले कुनै नयाँ काम नगरेको भन्दै सरकारको औचित्य नरहेको बताएका थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।