सुदूरपश्चिमको वन मन्त्रीमा भट्ट

Monday April 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो। भट्ट बैतडी प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन्।
उक्त मन्त्रालय यसअघि सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले सम्हाल्दै आएको थियो। सो पार्टीबाट नियुक्त मन्त्री विवादमा परेपछि बर्खास्तमा परेका थिए। पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिष्ट पार्टीमा मिलेपछि प्रतिपक्षमा छ। यसअघि मुख्यमन्त्री, पाँचमन्त्री र तीन राज्यमन्त्री रहेकोमा अब मन्त्रिपरिषदको सङख्या दश पुगेको छ।
दलको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई पनि बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय छ।
त्यसैगरी, बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ। संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीताकुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन्।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले